महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक चेम्बरबीच सम्झौता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक चेम्बर बीच मंगलबार एक कार्यक्रममा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन उक्तसम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
उद्योगमन्त्री सुनिलबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित नेपाल अष्ट्रिया इकोनोमिक फोरममा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्च द्धारा सो सम्झौतापत्रमा हस्तारक्षर गरियो ।सम्झौता पत्रमा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक विकास, प्रविधि हस्तान्तरण, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानी तथा व्यापारिक सूचनाको आदानप्रदान जस्ता विषयहरूमा दुई संस्थाबीच सहकार्य गर्ने कुरा औल्याइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री थापाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको बताउनु भयो र नेपाल भ्रमणमा रहेका अष्ट्रियन उद्योगीव्यवसायीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । मन्त्री थापाले नेपाल र अष्ट्रियाबीच भएको औैद्योगिक ज्ञान, सीप तथा प्रविधिलाई आदानप्रदान गर्नुपर्नेमा जोड दिदै दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न द्विपक्षीय उच्च भ्रमण हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले नेपालको राजनीतिक अवस्था सुधारोन्मुख रहेको र विकसित राजनीतिक अवस्थाले नेपाली लगानीकर्ताहरूको मनोबल वृद्धि भई नेपालमा लगानी बढिरहेको बताइन् । यसैगरी अध्यक्ष राणाले नेपाल सरकारले निजी क्ष्ँेत्रको विकासलाई विशेष महत्व दिदै दोश्रो चरणको आर्थिक सुधार कार्यान्वयन गरिरहेको र नेपालमा लगानीको उच्चतम प्रतिफल प्राप्त हुने दृष्टान्तहरू दिनु हुदै नेपालमा लगानीका लागि आग्रह गरिन् ।
अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले लगानीका लागि नेपाल उपयुक्त स्थान भएकोले आफ्नो देशका उद्योगीहरू लगानी गर्न आतुर रहेको उल्लेख गर्दै लगानीलाई आगामी दिनमा थप विस्तार गर्ने बताए । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त पौडेलले राजनीतिक तथा नीतिगतरूपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको बताउ“दै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
यसैगरी नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिजीट ओपिङ्गरले आफ्नो मुलुकका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिएको जानकारी गराउ“दै आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गरे । कार्यक्रममा उद्योग सचिव यामकुमारी खतिवडा, नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतका वक्ताहरूले नेपालको आर्थिक वातावरण तथा लगानीयोग्य संभावित क्षेत्रहरूको विषयमा सभामा जानकारी दिए ।