न्युयोर्क आक्रमणकारी साइपोभविरुद्ध आतंकवादको अभियोग

न्युयोर्क । अमेरिकी अभियोजनकर्ताहरुले न्यूयोर्कमा कम्तीमा ८ जना मारिने गरी जानाजान ट्रक जोताएका उज्बेकिस्तानबाट आएका आप्रवासीमाथि आतंकवादको अभियोग लगाएका छन्।
आक्रमणपछि प्रहरीको गोली लागेका सेफुलो साइपोभ अदालतमा ह्विलचियरमा उपस्थित भएका थिए। उनीमाथि ट्रक जोताएको र विद्रोही समूह इस्लामिक स्टेटलाई सामग्रीहरु उपलब्ध गराएको अभियोग लागेको छ।
अनुसन्धानकर्ताहरुका अनुसार साइपोभले आफूले गरेको हमलाबारे राम्रो महसुस गरेको र मानिसहरु धेरै हुन्छन् भनेर आक्रमणका लागि ह्यालोइनको दिन रोजेको बताएका छन्।