भेनेजुयलाः कृत्रिम मुद्रा ल्याउने घोषणा

भेनेजुयला । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले मुलुकको आर्थिक संकटलाई सहज पार्ने प्रयत्नमा नयाँ कृत्रिम मुद्रा (भर्चुअल करेन्सी) ल्याउने घोषणा गरेका छन्।
भेनेजुएलाको तेल, ग्यास, सुन र हीरा उद्योगमा पेट्रो नाम दिइएको कृत्रिम मुद्राको प्रयोग गरिनेछ।
विपक्षी सांसदहरुले चाहिँ उक्त योजनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
तेलबाट उठ्ने राजश्वमा र विद्यमान मुद्राको भाउमा आइरहेको कमीका कारण भेनेजुएलाको अर्थतन्त्र प्रभावित भएको छ।

राष्ट्रपति मडुरो अमेरिकी प्रतिबन्धहरुको पनि विपक्षमा उभिएका छन्, जसलाई उनले ुनाकाबन्दीु भन्दै आएका छन्।

आइतवार टेलिभिजनमार्फत गरिएको एउटा घोषणामा मडुरोले नयाँ कृत्रिम मुद्राले ुदेशको मौद्रिक सार्वभौमसत्ता, वित्तीय कारोबार र आर्थिक नाकाबन्दीको समस्या लगायतका विषयमा अगाडि बढाउनेु बताए। उनले भने, ू२१ औं शताब्दी आइसकेको छ।ू
कृत्रिम मुद्रा बिटक्वाइनमा विश्वव्यापी बढ्दो रुचिका माझ भेनेजुएलाले पछिल्लो कदम चालेको हो।
भेनेजुएलामाथि अनुमानित १४० अर्ब विदेशी ऋण छ।
र, अर्थशास्त्रीहरुका अनुसार मडुरोले देशको ऋणमा पुनर्संरचना गर्न खोजिरहेका बेला पेट्रोमार्फत विदेशी ऋण तिर्ने प्रयास गर्न खोजेको देखिन्छ।
विपक्षी सांसदहरुले प्रस्तावित मुद्राका लागि कंग्रेसको समर्थन चाहिनेमा जोड दिएका छन् र कतिपयले योजना कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।
विपक्षी सांसद तथा अर्थशास्त्री एंखेल अल्भाराडोले समाचार संस्था रोयटर्सलाई भने, ूमडुरो जोकर बन्दैछन्, त्यो योजनामा कुनै विश्वसनीयता छैन।ू