लेबनानमा अमेरिकी दूतावासबाहिर विरोध प्रदर्शन

maitrinews

लेवनान । जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको विरोध चर्कदैं गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास नजिकै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो।

अमेरिकाका मित्र युएई, साउदी अरेबिया सामेल अरब लिगले ट्रम्पको निर्णयको आलोचना गरेका छन्।

अरब लिगले अमेरिका मध्यपूर्वमा सहजकर्ता बन्न योग्य नरहेको बताएको छ।

जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिने ट्रम्पको निर्णयको विरोधमा अरब र मुसलमान बहुल देशका विभिन्न शहरमा प्रदर्शनहरु भएका छन्।