पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने नेतालाई मृत्युदण्ड

टोकियो । जापानको टोक्योस्थित एउटा सब वे मा सन् १९९५ मा स्नायु प्रणालीमा असर गर्ने घातक ग्यासको प्रयोग गरी हमला गर्ने एउटा सम्प्रदायका संस्थापकलाई मृत्युदण्डको सजाय दिइएको छ।

सोको आसहारा, आफूहरू बाहेक पृथ्वीमा रहेको सबैकुरा समाप्त हुँदैछ भन्ने हल्ला चलाउने, अम सिनरिक्यो समूहका नेता थिए।

बिहानीको व्यस्त समयमा टोकियोको रेल प्रणालीमा सो सम्प्रदायका सदस्यले सारिन ग्यासबाट हमला गरेपछि कम्तीमा १३ जना मारिएका थिए र हजारौं घाइते भएका थिए।

उक्त समूहका अन्य ६ सदस्यहरू पनि मृत्युदण्डको सजाय कुरिरहेका छन्।

मृत्युदण्डको सजायको कार्यान्वयन दोषी ठहर गरिएका अन्यहरूको अन्तिम पुनरावेदन प्रक्रिया पूरा नभएसम्म रोकिएका थिए।

त्यो जनवरीमा सम्पन्न भएको थियो।

जापानमा एकदमै गम्भीर प्रकृतिका हत्याका घटनामा मात्र दोषीहरूलाई मृत्युदण्डको सजाय दिइन्छ। यस्तो सजाय पाउने व्यक्तिहरूलाई त्यहाँ झुण्ड्याउने गरिएको छ।