जापानमा बाढीपहिरोमा परी १२६ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

maitrinews

टोकियो। जापानमा भारी वर्षपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । जापानीको सरकारले दिएको जानकारीअनुसार पछिल्लो तीन दशमा बाढीपहिरोको कारण यसवर्ष सबैभन्दा धेरै मानिसहरुले ज्यान गएको हो ।

सरकारले बाढी पहिरोमा हराइरहेका मानिसहरुको खोजी कार्य तीव्र पारेको छ । अझै पनि दर्जनौं मानिसहरु बेपत्ता रहेको बताइएको छ । प्रभावित क्षेत्रबाट २० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जापानको सरकारले जानकारी दिएको छ ।

भारी वर्षपछि आएको विपत्तिको कारण जापानी प्रधानमन्त्री सिन्जो अवेको आफ्नो विदेश भ्रमण पनि स्थगित गरेका छन् । जापानको ओकायामालगायतका स्थानहरुमा वर्षाले निकै क्षति पुर्याएको छ ।

अबको केही दिनमा मौसम सफा हुने र उद्धारकार्य पनि सहज हुने अनुमान गरिएको छ ।