प्रधानमन्त्रीको दोश्रो पुस्तक ‘माइ भिजन’ विमोचित

Maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘माई भिजन’ नामक नयाँ पुस्तक विमोचन भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीको मन्तब्यहरुको संग्रह सार्वजनिक गरिएको हो ।
यो प्रधानमन्त्रीको दोस्रो पुस्तक हो । प्रधानमन्त्री ओलीको पहिलो पुस्तकमा प्रधानमन्त्रीकालका ६० भाषण समेटिएका थिए । उक्त पुस्तकको नाम ‘सेलेक्टेड स्पिच अफ केपी शर्मा ओली’ राखिएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले एसिया प्यासिफिक समिटमा सहभागी हुन आएका विदेशी पाहुनालाई ओलीले उक्त पुस्तक प्रदान गरिएको बताउनुभयो ।

ओलीले गत वैशाखमा चीन भ्रमणका दौरान चिनियाँ भाषाको पुस्तक विमोचन गरेका थिए । यसपटक भने ओलीको पुस्तकको नाम ‘माई भिजन, प्रस्परस नेपाल, ह्यापी नेपाली’ राखिएको छ । दोश्रो संस्करणमा पुराना र नयाँ भाषण समेटिएको प्रधानमन्त्रीका प्रेस सल्लाकार चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको ४५ वटा भाषण समेटिएको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक समेत नेपालीमा प्रकाशित छ । प्रधानमन्त्री ओलीले राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको विदेश भ्रमणका दौरान राष्ट्र चिनाउने पुस्तक उपहार दिंदै आउनुभएको छ ।

केही दिन अघि प्रधानमन्त्री ओलीले पनि म्यानमारकी स्टेट काउन्सिलर सुकीलाई उनको जीवनी समेटिएको कक्षा ९ को किताब समेत उपहार दिनुभएको थियो ।