जनताको चुलिएको आशा–अपेक्षालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ

Mohan Bastola

झलनाथ खनाल
पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता नेपाल कम्युनिष्ट पार्टी नेकपा

बजेट अधिवेशन सुरु भएको छ । यी नै विषयमा केन्द्रित भएर पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग मोहन बास्तोलाले गरेको कुराकानीः

बजेट अधिवेशन पनि सुरु भएको छ । यो सन्दर्भलाई कसरी लिनुभएको छ ?

हो, सोमबारबाट बजेट अधिवेशन सुरु भएको छ । यसलाई वर्षे अधिवेशन पनि भन्ने गरिन्छ । यो दुबैमा यसको अर्थ छ । हामीले बजेट पनि ल्याउनु पर्ने छ । त्योसँगै नीति, कार्यक्रम पनि ल्याउनु पर्ने छ । त्यति मात्र होइन मुलुकको विकास निर्माणलाई नयाँ उचाईमा अघि बढाउनु पर्ने गहन जिम्मेवारी पनि छ । यो बजेट अधिवेशन सुरु भएसँगै हामी त्यो सबै तम्तयारीका साथ अघि बढेका छौँ । अहिले म ढुक्कका साथ भन्न सक्छु । यो बजेट अधिवेशनले नयाँ सन्देश दिने छ ।
कम्युनिष्ट नेतृत्वको दुईतिहाई नजिकको सरकार गठन भएको एक वर्ष पार गरेका छौँ । एक वर्षको अवधिमा जुन नयाँ नीति, कार्यक्रम, बजेट ल्याएको थियो । त्यो बजेटको रिभ्यू गर्ने बेला भएको छ । हामी यो सन्दर्भमा पनि रिभ्यू गर्ने छौँ । हामीले सोमबार मात्रै पनि अघिल्लो वर्ष ल्याएको नीति, कार्यक्रमका बारेमा छलफल गर्र्यौ । अब बजेटका बारेमा पनि हामी छलफल गरर्छौँ । हामीले अघिल्लो वर्ष ल्याएको बजेटका राम्रा–नराम्रा पक्षमा पनि खुलेर छलफल गर्छौ । हामीले सुधार गर्नुपर्ने ठाउँ कहाँ रहेछ । हामी त्यो बारेमा पनि छलफल गरेर अघि बढ्छौँ । हामीले कस्तो नीति ल्याउँदा मुलुकको विकासमामा टेवा पुग्न सक्छ, मुलुकलाई समृद्ध बनाएर अघि बढ्न के गर्नुपर्छ बजेट कसरी ल्याउनु पर्छ भन्ने बारेमा पनि छलफल गरेर अघि बढ्छौँ ।

त्योसँगै हामी कस्तो बजेट ल्याउँदा लोकप्रियता हाँसिल गर्न सक्छौँ । प्रभावकारिता कसरी हाँसिल गर्न सक्छौँ । यो विषयमा पनि गम्भीर भएर छलफल गरेर हामी अघि बढ्छौँ । जनताका इच्छा, आकाक्षांलाई कसरी पूरा गर्न सक्छौँ भन्ने कुरामा पनि हामी गम्भीर ढंगले छलफल गरेर अघि बढ्छौँ ।  बजेट ल्याउनु अघि हामी सबैका सुझाव संकल गर्ने, प्रमुख प्रतिपक्षी दलका सुझावलाई संकलन गर्ने जस्ता कुरामा पनि हामी ध्यान दिन्छौँ । प्रतिपक्षले गरेका रचनात्मक कुरालाई हामी अंगिकार पनि गर्छौ । विरोधका लागि विरोध गरेका कुराको चाँहि कुनै अर्थ छैन ।

सरकारबाट जनताले जति अपेक्षा गरेका थिए त्यो अनुरुपम का भएन भन्ने पनि गुनासो छ नि ?

विकास र निर्माणको प्रक्रिया भनेको कहिल्यै नटुंगिने निरन्तर प्रक्रिया हो । मानव विकासको प्रक्रियासँगै विकास र निर्माणको प्रक्रिया पनि अघि बढ्दै जान्छ । मानिसका इच्छा र आकाक्षांहरु पनि त्यसैगरी अघि बढ्दै जान्छन् । यसो भन्दै गर्दा यो वर्ष जति काम वर्तमान सरकारले गर्र्यो अब पुग्यो भनेर बस्ने ठाउँ पनि छैन । जन अपेक्षा अनुसार काम गर्दै अघि बढ्नुको अर्को विकल्प पनि छैन । मैले अघि पनि भने जन आकाक्षांहरु बढ्दै गएका छन् । सरकारले ती अपेक्षा अनुसार आफूलाई पनि अघि बढाउँदै लैजानुपर्छ ।

अहिले जे जति सरकारले गरेको छ । यसमा पूर्ण असन्तुष्ट हुनु पर्ने पनि कुनै कारण छैन । सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, अपराध नियन्त्रण गर्ने जस्ता कुरामा पनि वर्तमान सरकारले सकारात्मक भूमिका खेलेको छ । तर, यतिले मात्रै पुग्दैन । वर्तमान सरकारले अझै धेरै गर्नुपर्ने दायित्व काँधमा छ । जनताले पनि यो सरकारबाट धेरै अपेक्षा गरेको भएकाले पनि अझै धेरै गर्नुपर्छ । सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, अपराध नियन्त्रण गर्ने जस्ता कुरामा सरकार अझै परदर्शी र जिम्मेवार ढंगले अघि बढ्नुपर्छ । आगामी वर्षका लागि बनाउने नीति,कार्यक्रम पनि त्यस्तै ढंगले आउनुपर्छ । बजेट पनि नेपाली जनताले गरेको आशा र अपेक्षालाई पूरा गर्ने खालको नै आउनुपर्छ ।

जनताको मन जित्ने गरी सरकार अघि बढ्ला भन्ने अपेक्षा कत्तिको गर्न सकिन्छ ?

निश्चय पनि आगामी वर्षमा सरकार यो भन्दा प्रभावकारी ढंगले अघि बढ्छ भन्नेमा म ढुक्क छु । सामाजिक पुरक्षाको प्रक्रिया हामीले नै अघि बढाएको हो । आफ्नो गाउँ आफैँ बनाऔँ, ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम पनि हाम्रै पालामा अघि बढाएको हो । त्यसलाई सिङ्गो राज्यले नै निरन्तरता दिइरहेको छ । हामीले पनि त्यसलाई निरन्तरता नदिने भन्ने कुरा हुँदैन । हामीले पोहोर साल जेष्ठ नागरिकलाई भत्ता दिने कुरा ग्याप भयो । त्यो ग्याप भएको हो । त्यो कुरालाई पनि ध्यानमा राखेर हामीले नीति, कार्यक्रम र बजेट ल्याउँछौँ ।

जनताको अपेक्षालाई पनि त बेठिक मान्न नमिल्ला नि ?

हो, अहिले नेतृत्वको लामो अनुभव भएको, चार–चार जना पूर्वप्रधानमन्त्री रहेको दक्षिण एसियाकै शक्तिशाली कम्युनिष्ट पार्टीले देशको नेतृत्व गरिरहेको छ । यो सरकारबाट नेपाली जनताले निकै ठूलो आशा गर्नु अन्यथा होइन । तर, पनि जनताले चाहे अनुसारको यो सरकारले काम गर्न नसकेको हो कि भन्ने गुनासो पनि रहेको छ । हामीले यो गुनासोलाई पनि चिर्दै अघि बढ्नुको अर्को विकल्प छैन ।

अझ दुई ओटा शक्तिशाली पार्टी भर्खरै एकतावद्ध भएका छन् । यसले पनि नेपाली जनताले यो पार्टीले केही गर्ला कि भन्ने धेरै आशा र अपेक्षा गरेका छन् । नेपाली जनताको आशा–अपेक्षा चुलिएको छ । त्यो चुलिएको आशा–अपेक्षालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । त्यसैले हामी विगतका अनुभवहरुको सिंहावलोकन गर्दै वर्तमानका आवश्यकताहरु र भविष्यका सम्भावनाहरुलाई ध्यानमा राखेर नै अघि बढेका छौँ र वढ्छौँ । आगामी दिनमा यो भन्दा प्रभावकारी काम गर्ने गरी सरकार र पार्टी अघि बढ्ने विश्वास दिलाउन चाहन्छु ।

नेपाली जनताले गरेको आशाको दियो बल्दै छ भन्ने सन्देश दिन सक्ने अवस्था छ कि छैन ?

विभिन्न खालका नकरात्मक टिकाटिप्पणी विभिन्न ठाउँबाट भैरहेका छन् र हुन सक्छन् । यद्यपि, वर्तमान सरकार दृढतापूर्णक नेपाली जनताका इच्छा र आकाक्षं पूरा गर्ने गरी अघि बढेको छ । सरकार नेपाली जनताका राष्ट्रिय आवश्यकता पूरा गर्न दृढ संकल्पित छ । अब आउने नीति, कार्यक्रम र बजेटले पनि त्यो सन्देश दिने छ । सरकार कृषिको आधुनिकीकरण, ऊर्जा, पर्यटनको विकास जस्ता कुरामा पनि लागि परेको छ । आगामी वर्षमा यो सरकारले अझ धेरै काम गरेका नेपाली जनताले देख्न पाउने छन् । म यो विश्वास दिलाउन चाहन्छु ।