गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित

 

कोलम्बो । गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । इष्टर आक्रमणको सात महिनापछि शनिबार भएको राष्ट्रपतिको चुनावमा उहाँले ५४ प्रतिशत बढी मत ल्याएर निर्वाचित हुनुभएको हो ।

राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराउनुभएको हो । । सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिनुभएको छ । गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुनुहुन्छ । राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव बन्नुभएको थियो ।

सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ। यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन्।
गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बन्नुभएको थियो। उहाँले तमिल विद्रोही समाप्त पार्नुभएको थियो ।