भारतीय चर्चित गायिका आशा भोस्ले चन्द्रागिरीमा

 

काठमाडौँ । नेपालको भ्रमणमा रहनुभएकी भारतीय चर्चित गायिका आशा भोस्ले काठमाडौँको चन्द्रागिरी हिल्स जानुभएको छ । चन्द्रागिरी नगरपालिकास्थित चन्द्रागिरी हिल्स पुग्दा उहाँका त्यहाँका पदाधिकारीले स्वागत गरेका थिए । केबुलकार चढेर उहाँ चन्द्रागिरी पुग्नुभएको हो ।