जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

maitrinews

 

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनुभयो ।

जापानले यसअघि नै ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने जानकारी दिनुभयो ।
जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदैछ तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइएको छ ।