ब्रह्माण्डको ताण्डवमा अनौठो म : शिवराज कलौनी
दूरदृष्टि बाट नजर घुमाउदै हिँडेको म
मधुमख्खिको प्रयत्नलाइ स्वस् को संज्ञा दिदै
भ्रमर हरुको चाल हेर्न पुष्प गुच्छा टुटाउदै
आफ्नो इन्द्रिय सुखका लागि जे पनि गरिदिने
ब्रह्माण्ड को ताण्डव मा अनौठो म
🧐🧐🧐🧐🧐🧐🧐🧐🧐
भौतिक र अभौतिक तत्वको रस लिएर
बगैंचामा सुमेरू कुमेरु देख्दै झल्यास्स 😜😜
हँ के देखे छु भनेर आँखा माँडेर हेर्ने म
आफ्नो आनन्द का लागि कुनै जिवलाइ
चिमोट्ने, निमोठ्ने,रसपान गरेर जिवनको क्रिया पढ्ने म
ब्रह्माण्ड को ताण्डव मा अनौठो म
🧐🧐🧐🧐🧐🧐🧐🧐🧐
धमिरा, मौरी,माछा, खसि, गाइ, भैसि उट मात्रै होइन
बाघ, भालु, एनाकोन्डा देखि हात्ती सम्म थुन्ने म
जटिल देखि जटिल सम्म का वस्तु सोचेर चुन्ने म
खगोलीय पिण्ड को दुरि, गति, प्रभाव ग्रहण बारे भन्ने म
समूद्र को पिँध देखि मंगल को माथिसम्म यात्रा गरी फर्की आउने क्षमता भएको म
ब्रह्माण्ड को ताण्डव मा अनौठो म
🧐🧐🧐🧐🧐🧐🧐🧐🧐🧐
ब्रह्मा, विष्णु देखि सृष्टि कर्ता र संहारकर्ताको प्रयोगशाला खोजिरहेको म
काल भनेर चिनिने संयोग जुराउने व्यक्ति को गोदाम घर खोजिरहेको म
यस ब्रह्माण्ड को सरकारको स्टेट हाउस को खोजिमा सुपर कम्प्युटर दिव्य दृष्टि रोजिरहेको म
ब्रह्माण्ड को ताण्डव मा अनौठो म
🧐🧐🧐🧐🧐🧐🧐🧐🧐🧐🧐
जन्मदिने आमाबुवा अनि सद्भाव राख्नेहरु को ऋण तिर्न नसकेको म
आफ्नै मायाको संसारमा लिप्त भइ युगिन दौडको म्याराथन मा कास्यपदक पनि पाउन नसकेको म
दुनियाको हरेक कुरो जित्न खप्पिस भएको आफ्नै घरका सदस्यहरू को मन जित्न नसकेको म
बाहिरी धोका दिनेहरू को सल्लाहलाइ सत्य मान्दै असलि चाँदि घरका सदस्यहरू को आशिर्वाद ले चुकेको म
रमिता हेर्ने हरुको मुस्कान बढाउँदै आएको तर रमिता नचाहनेको मुस्कान थाप्न असमर्थ रहेको म
ब्रह्माण्ड को ताण्डव मा अनौठो म