चिनियाँ र भारतीय राजदूतले गरे सभापति देउवासँग छुट्टाछुट्टै भेटवार्ता

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ र भारतीय राजदूतले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले फरक–फरक समयमा भेटवार्ता गर्नुभएको हो ।
दुवै देशका राजदूतले देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको बताइएको छ ।

संसद पुनःस्थापनासँगै नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमपछि चिनियाँ र भारतीय राजदूतहरुको पनि सक्रियता बढेको छ । नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमपछि दुई छिमेकी मुलुकका राजदूतहरूले सभापति देउवालाई भेट्नु अर्थपूर्ण छ।