सांसदहरुले लगाउँदै कोरोना विरुद्धको खोप

 

काठमाडौं । सांसदहरुलाई आज कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाइँदैछ । यही फागुन २३ गतेदेखि संघीय संसद्को हिउँदै अधिवेशन सुरु हुँदै छ। अधिवेशनअघि सांसदलाई खोप लगाउन लागिएको हो।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाइने छ ।

आज लगाउन छुटेका कमचारीलाई बिहीबार र शुक्रबार पनि खोप लगाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *