खनाल—नेपाल समूहको भेलामा मैनाली

maitrinews

 

काठमाडौँ । नेकपा एमालेको खनाल—नेपाल समूहको भेलामा पुराना कम्‍युनिष्ट नेता राधाकृष्ण मैनाली पनि सहभागी हुनुभएको छ ।
२०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका मैनाली एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्री बन्नुभयो । उहाँ राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषद् पनि शिक्षामन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभयो ।

त्यतिबेला एमालेले कारबाही गरेपछि माओवादीमा प्रवेश गरेका उहाँ त्यहाँ सम्मानजनक स्थान नपाएको भन्‍दै फेरि एमालेमै फर्किनुभएको छ ।