रिस्क मोलेर गुड फ्रेण्ड चल्ने

Smrit

काठमाडौं। फिल्महलहरुमा कोरोनाको महामारीको कारण फिल्म नचलेको पनि धेरै भैसकेको छ। गत पुस १ गतेवाट नेपालका एक्सन हिरो शिव श्रेष्ठ निर्मित फिल्म एउटा यस्तो प्रेम कहानी रिलिज भएयता कुनै नेपाली फिल्म चल्न सकेको छैन्।

फिल्म हलले दर्शक नपाएको पीडा मात्र नभइकन कोरोनाको त्रासले पनि फिल्महल तथा फिल्ममेकरहरु पनि फिल्म चलाउन फलामे चिउरा चपाउन जतिकै गाह्रो भएको कठिनाइको कुरा गरिरहेको वर्तमान अवस्थामा चैत्र २० गतेबाट देशभर चलचित्र ‘गुड फ्रेण्ड’ प्रदर्शन हुने भएको छ ।

रिस्क मोलेर चलाउने कम्मर कसिएको यस फिल्म समसामयिक प्रेमकथामा आधारित एक्शन प्रधान चलचित्र हो। जसमा पम्फा बर्मा, फारुबी बर्मा निर्माता रहेका छन् । बिजि बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको छ।

मुकेश ढकाल, सविना कार्की, एलबि कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पुजा महर्जन, राज सिंह आदिको अभिनय रहेको छ । व्दन्द प्रदिप खड्का, संगीत ध्रुब बिश्को, नृत्य अजय स्याङतान, राजन महर्जन, निर्देशन राजबहादुर साने, छायांकन केशब अधिकारी, सरोज महर्जनको रहेको छ ।