बाइस घण्टामा तीनवटा भिडियो रिलिजको नयाँ आयाम

काठमाडौं। ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीको एक पछि अर्को गरेर तीनवटा गीतको भिडियो रिलिज भएको छ। २२ घण्टामा तीनवटा गीतको भिडियो रिलिज भएको हो। जुन हालसम्मकै एकै निर्देशकको २२ घण्टामा तीन गीत रिलिज भएको नयाँ आयाम तथा कीर्तिमान पनि बन्न पुगेको छ।

धुकु पिकु क्यने छन्त, छ मदुगु थ्व जीवन र फागुया बेला रंगया मेला बोलका तीन गीतका भिडियो २२ घण्टामा रिलिज गरिएको निर्देशक जोशीले वताएका छन्। त्यसरी एक पछि अर्को गीतका भिडियो थोरै समयको अन्तरालमा आउंदा भिडियोका दर्शक बाडिने गरेको अनुभव आफूले पाएको निर्देशक जोशीको भनाई छ।

दर्शक तीन गीतका भिडियोमा बाडिएपनि सवै गीतले राम्रो रेस्पोन्स पाएको निर्देशक जोशीको दावी रहेको छ। यसअघि रिलिज भएको निर्देशक जोशीको राजामति कुमति बोलको गीतको भिडियोले लाखौं लाखको क्लबमा प्रवेश पाएर इतिहास रचिसकेको छ। हालसम्म निर्देशक जोशी निर्देशित ७० गीतका भिडियो रिलिज भैसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *