मथुरावाट आएकी विपना थापाको डोको–नाम्लोमा गजबको आधुनिकता

काठमाडौं। कुनैबेला नेपाली चलचित्रमा तीनपल्ट बिजी अवार्ड पाउने एकमात्र नायिका विपना थापाको बसाई नेपालमा भन्दा भारतको मथुरास्थित बृन्दाबनमा रहेको छ।

सन् २००८ को अप्रिल महिनाको १८ तारिखका दिन मथुराका डा.आशुतोष भारव्दाजसंग विवाह भएर गएपछि विपना मथुरावासी बनेकी हुन। यद्यपि, माइति काठमाडौंको कलंकी स्युँचाटारमा बर्षमा एक–दुईपल्ट आतेजाते गर्दैआएकी छन्। कुनैबेला तीन महिनामा एकपल्ट पनि आउने गरेको वताउने विपना थापा कोरोनाको महामारीको कारण माइति नआएको पनि बर्षदिन पुगिसकेको छ।

बर्षदिनपश्चात केही दिनअघि मात्र मथुरावाट माइति आएकी विपना थापा अलि बिजी नै देखिएकी छन्। फिल्म अवार्ड लगायतका कार्यक्रममा बिजी हुनुको अलावा पारिवारिक भेटघाटमा व्यस्त विपना थापालाई माइति आएपछि डोको नाम्लोको पनि याद आउनु स्वभाविक नै हो। आधुनिक पहिरनमा नै डोकोमा नाम्लो लाएर वोकेर फोटो खिचाउन पनि भ्याएकी छन्। जुन यतिखेर निक्कै भाइरल पनि बनिरहेको छ।

विपनाले आधुनिक पहिरनमा डोको वोकेको दृश्य अस्वभाविक लागेतापनि आधुनिकतामा नयाँपन देखिएको भनेर टिप्पणी गर्नेहरुको भने कमी देखिदैन। विपना थापाले नेपाली चलचित्र उद्योगमा विसं.२०५२ सालदेखि २०६२ सालसम्म अभिनय गरेकी थिइन्।

१२ बर्षको यस अवधिमा १ सय ११ वटा चलचित्रमा अभिनय गरेर व्यापक नाम तथा दाम कमाउन सफलता प्राप्त गरेकी थिइन्। विपनाको पहिलो चलचित्र जन्मभूमि हो भने, पछिल्लो चलचित्र बरमाला हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *