ओमकृष्णको गीतमा निराजन र आँचलको रोमान्स

Smrit

काठमाडौं। अष्ट्रेलियामा रहेका नेपाली गायक ओम कृष्ण श्रेष्ठको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

रोमान्टिक गीतको भिडियोमा ख्यातिप्राप्त मोडल निराजन प्रधान र चर्चित नायिका आँचल शर्माको रोमान्समय अभिनय रहेको छ।

बुद्ध थापा र हर्सि सिंहको छायाँकन तथा प्रविन श्रेष्ठको सम्पादन एवम् कलर करेक्सन रहेको छ।

निर्देशन निकेश खड्काको रहेको छ।

शव्द तथा संगीत दीपक आरजेको छ।