नेपाललाई ट्रान्जिट बनाउनेहरुको पीसीआर परीक्षण नगर्न निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरुको परीक्षण नगराउन आइतबार सूचना जारी गरेको हो।

यसरी परीक्षण गर्न आएकाहरुबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ। त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियम अनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ।

पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरुले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरु नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्। त्यसरी आएका मानिसहरुले नेपालमा पनि पीसीआर परीक्षण गराउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *