कोरोना विरुद्धको पहिलो डोजको खोप काठमाडौंका सात स्थानवाट लाउन पाइने

काठमाडौं । गत चैत २५ देखि दिदै आएको चिनियाँ खोप भेरोसेल आजबाट काठमाडौंका तीन वटा खोपकेन्द्रमा लगाउने कार्य भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगाउने कार्य भएको छ। भोलि सोमवारबाट कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको हो।

सोमबार थप चार वटा खोपकेन्द्र नेपाल मेडिकल कलेज जोरपाटी, हिमाल अस्पताल ज्ञानेश्वर, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली र काठमाडौँ मेडिकल कलेज सिनामंगलबाट पनि खोप दिइदैछ। यता माघ १४ गतेदेखि फागनु १० गतेसम्म कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई आज पनि दोस्रो डोज खोप दिने कार्यलाई निरन्तरता दिइने भएको छ।

यसअघि वैशाख सातदेखि ११ गतेसम्ममात्र कोरोनाको दोस्रो मात्रा खोप दिने निर्णय गरिएको थियो। काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको भन्दै वीर अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिइने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *