काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द हुने

काठमाडौं। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द हुने भएका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले  सोमबारदेखि (१३ देखि २० गतेसम्म) एक साताका लागि अत्यावश्यक काम बाहेकका काम नगर्ने गरी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई ख्याल गर्दै अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने र नियमित अन्य कामहरु बन्द गर्ने निर्णय गरिएको हो। कार्यालय बन्दको अवधिमा शान्ति–सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन हुने पनि जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्।

सरकारले लकडाउन नगर्ने निर्णय गरेलगत्तै तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यस्तो निर्णय लिएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *