कोरोना संक्रमितको उपचार प्रबन्ध गर्न एमाले पार्टी पंक्ति खटिने

 

काठमाडौं । कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले संक्रमितको उपचारमा सम्पूर्ण ध्यान लगाउन भनेको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभएको छ, ‘बैठकले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

कोरोना रोकथामका लागि स्वयंसेवीका रुपमा परिचालित हुन पार्टी पंक्तिलाई आह्वान पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *