गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङवाट राजीनामा

पोखरा। अविश्वासको प्रस्ताव खेपिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। अविश्वासको प्रस्तावमा मतदान हुनु एक दिनअघि मुख्यमन्त्री गुरुङले राजिनामा दिएका हुन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।

प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव गण्डकी प्रदेशमा दर्ता गरेका थिए।