एमाले बैठक फेरि स्थगित

maitrinews

 

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।
आज विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।

बैठक भोली बिहान १० बजे बालुबाटारमा बस्ने तामाङले जानकारी दिनुभयो । यसअघि आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न आइतबार साँझ ५ बजेलाई बैठक बोलाइएको थियो ।

तामाङका अनुसार बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारी भैरहेको छ ।
यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।