जसपाको यादव पक्षले ठाकुर , महतोसहित चार नेतालाई पार्टीबाट हटायो

maitrinews

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।नेता इस्तियाक राईका अनुसार ‘पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिइएको छ ।
ठाकुर पक्ष सरकारमा जाने तयारी गरेपछि यादव पक्षले कारबाही गरेको हो ।