काँग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगिएन

 

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६र१९ मा हुने महाधिवेशनका लागि पाँच दिनभित्र सबै विवाद टुंग्याउने निर्णय लिएको हो।

बैठकपछि बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले पाँच दिनभित्र सबै विवाद मिलाएर पार्टीलाई निर्धारित समयमै महाधिवेशनतिर लैजाने निर्णय भएको जानकारी दिएका छन्।