बाागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य

 

काठमाडौँ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गर्नुभएको हो ।
त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो।
मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो।

नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि एमालेकै सरकार कायम राख्न शाक्यलाई मुख्यमन्त्री बनाइएको हो ।