सुनको मूल्य एकैदिन ३६०० ले बढ्यो, तोलाको ३ लाख ५ हजार नाघ्यो

काठमाडौँ, ३१ साउन । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो।

महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको यो वृद्धि पछिल्लो समयकै उच्चमध्येको एक हो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य उकालो लागेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो। महासङ्घका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६४ डलरमा कारोबार भइरहेको छ।