नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो ।
नेकपा एमालेको यही भदौ ८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकमा माधवकुमार नेपाललाई साथ नदिएका तेस्रो धारका नेताहरुबीचमा पार्टी एकताका लागि तयार गरिएको दशबुँदे सहमतिपत्र अक्षरशः कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निर्णय भएको थियो ।
दशबुँदे सहमतिपत्र कार्यान्वयनका सम्बन्धमा भएको उक्त स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्दैछ ।