नेपाली अमेरिकन कलाकार संघमा महिला नेतृत्व

maitrinews

न्युयोर्क । नेपाली अमेरिकन कलाकार संघको पाँचौँ अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ ।
न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा सो अधिवेशन सम्पन्न भएको हो ।
न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्य तथा नेपाल जनजाति महासंघका अध्यक्ष लोक च्यामजुंगको आतिथ्य र वरिष्ठ गायिका निशा सुुनारको अध्यक्षतामा भएको सो कार्यक्रममा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि वाणिज्यदूत गौतमले अधिवेशन सफलताको शुभकामना दिनुभयो । उहाँले कलाकारहरु देशको गहना तथ राजदूतका रुपमा रहेको भन्दै देशको पहिचान तथा गरिमा बढाउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी अतिथि च्यामजुंगले पनि अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
बरिष्ठ गायक विमल डाँगीले कार्यक्रममा स्वागत गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व गर्नुभएका बरिष्ठ कलाकार निशा सुनारले सहभागीहरुलाई धन्यवाद दिनुभएको थियो ।
नयाँ नेतृत्व चयनका लागि प्रमुख निर्वाचत आयुक्तमा सोमनाथ घिमिरे, निर्वाचन आयुक्तहरुमा विष्णु रानामगर र मनिता गुरुंग नियुक्त हुनुभएको थियो । नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भयो ।
अधिवेशनले निशा सुनारको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ
कार्य समितिको प्रमुुख संरक्षकमा अभय ढुंगेल, वरिष्ठ उपाध्यक्षमा वसन्ती राई,उपाध्यक्षहरुमा विक्की पुलामी, विमल डाँगी, ईथ्ना कार्की र राजेन्द्र राई, महासचिवमा संगीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षमा पुष्कर वराल,सहकोषाध्यक्षमा पुजा न्यौपाने, युथ कोर्डिनेटरमा दिलिपकुमार श्रीस र सदस्यहरुमा चिनियालाल श्रेष्ठ, बुद्दीमान घिसिङ , पुष्पा बस्नेत , नविन श्रेष्ठ र माया राई चयन हुनुभएको छ ।