१० हजार कागजपत्रविहीन नेपालीलाई अस्थायी बसोबासको अवधि थप्ने अमेरिकी घोषणा

maitrinews

 

अमेरिका । अमेरिकाले कागजपत्रविहीन नेपालीहरुलाई बस्ने अस्थायी भिसा टीपीएसको म्याद थप्ने घोषणा गरेको छ । नेपालसहित हाइटी, साल्भाडोर, होन्डुरस, निकारागुवा र सुडानका ३ लाख आश्रितलाई बस्ने अस्थायी अवधि थपिएको हो ।
१५ महीना टीपीएस म्याद थपिएपछि कागजपत्रबिहीन नेपालीलाई राहत मिलेको छ । नेपालीका टीपीएसको कागजातको अवधि अक्टोबर ४ सम्म कायम रहेकोमा अब सन् २०२२ को डिसेम्बर ३१ सम्म थपिएको छ ।

हजारौं नेपालीले आर्थिक विपद, भूकम्प र महामारीको कारण आफूहरु नेपाल फर्कन नसक्ने दावी गर्दै टीपीएसमा आवेदन दिएका छन् । केही अमेरिकी सांसदले समेत गतसाता नेपालीहरुको टीपीएसको म्याद थप्न राष्ट्रपति बाइडेनलाई आग्रह गरेका थिए ।