स्वतन्त्र पत्रकार संघ भक्तपुरको कार्यालय स्थापना, केन्द्रीय सल्लाहकार र सदस्यद्धयले गरे उदघाटन
भक्तपुर, २ भाद्र । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको कार्यालय कमलविनायकमा स्थापना गरिएकाे छ । मंगलबार एक कार्यक्रम आयाेजना गरी कमलविनायक स्थित संघकाे जिल्ला शाखा कार्यालय स्थापना गरिएकाे हाे ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार कृष्ण किसी, केन्द्रीय सदस्य द्धय प्रेमध्वज लामा र सुरेशप्रसाद सैंजूले संयुक्त रुपमा कार्यालयको उदघाटन गरेका हुन् । संघका केन्द्रीय तथा अनुशासन विभागका सदस्य प्रेमध्वज लामाकाे सहयाेग र व्यवस्थापनमा कार्यालय स्थापना गरिएकाे हाे ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष रेणु त्वानाबासु राष्ट्रिय समाचार समितिमा नियुक्त भएकाले बधाई ज्ञापन गरिएकाे थियाे भने संघको केन्द्रीय सल्लाहकारमा मनोनित कृष्ण किसीलाई र जिल्ला शाखाको कोषाध्यक्षमा मनोनित शान्त लाकाजूलाई पनि बधाई बधाई ज्ञापन गरिएकाे थियाे ।
संघको हालै पोखरामा बसेको केन्द्रीय समितिको बैठकबाट पत्रकार किसी केन्द्रीय सल्लाहकारमा मनोनित भएका थिए । साथै जिल्ला शाखाको हालै बसेको बैठकले शान्त लाकाजूलाई जिल्ला कोषाध्यक्षमा मनोनित गरेका थिए । यसअघिका कोषाध्यक्ष प्रेमध्वज लामा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला कोषाध्यक्ष पद खाली रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार किसी, केन्द्रीय सदस्यद्धय लामा र सैंजू तथा कोषाध्यक्ष लाकाजूले स्वतन्त्र पत्रकार संघको विषयमा चर्चा गरेका थिए । कार्यक्रम संघका अध्यक्ष त्वानाबासुको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम जिल्ला उपाध्यक्ष मणिराज लामिछानेले सञ्चालन गरेका थिए ।
