प्रधानन्यायाधीश महाभियोग सामना गर्न तयार, राजीनामा नदिने

maitrinews

 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गर्नुभएको छ । उहाँले आफूले कसैको दबावमा राजीनामा नदिने बताउनुभएकोे हो ।

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उहाँले सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुनेू दृढता प्रकट गर्नुभयो।

नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको अपेक्षा भइरहेको देखिएको बेला जबराले त्यस्तो अडान दर्शाउनुभएको हो ।

प्रधानन्यायाधीश जबराले आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोगतर्फ सङ्केत गर्नुभयो ।

प्रधानन्यायाधीश जबराले भन्नुभयो,संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।

कसैको दबाव र प्रभावमाू पद त्याग नगर्ने उनले बताए। जबराले भन्नुभयो , न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ।