प्रदेश १ को मुख्यमन्त्रीमा राई

maitrinews

 

एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ को २ अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गर्नुभएको थियो । उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गर्नुभयो ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।