दोहोरो अंकले घट्यो नेप्से, नेप्से संगै करोबार रकम पनि घट्यो

काठमाडौं : साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।
बुधबार बजार परिसूचक नेप्से ११.९७ अंकले घटेर १९३९.८८ अंकमा बन्द भएको छ ।
बुधबार नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार भएको छ ।
बजारमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ ।