सिरियामा एम्बुस आक्रमणमा  ६ जनाको मृत्यु

एजेन्सीः सिरियाको हासकाह प्रान्तमा आइएसको एम्बुस आक्रमणमा  ६ जनाको मृत्यु भएकाे छ ।
आइतबार आइएसका आतङ्ककारीहरुले सडकमा सवारी सवार रहेका नागरिकमाथि लक्षित गरि हमला गरेको हो ।
मृत्यु भएकाहरुको बारेमा भने अझै खुलेको छैन । पछिल्लो समयमा आइएस आतङ्ककारीहरुले सडकमै एम्बुस थापेर  हत्या गर्ने गरेका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार आइएसहरुले सन् २०२२ शुरुबाट हालसम्म एक सय ३० वटा एम्बुस आक्रमण गरेका छन् । आक्रमणमा परेर १ सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *