वीर अस्पतालको घरबहाल कर विवादः राजश्व बुझाउँदै आएको वीरकाे दाबी
काठमाडौंः वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले यस्तो सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो ।
महानगरले पूर्व जानकारी नदिई संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएकोमा अस्पतालका सूचना अधिकारीले आपत्ति जनाएका छन् ।
दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालमा व्यस्तताका कारण स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताले गर्दा यस्तोे हुनसक्ने सूचना अधिकारी बताउँछन् ।
वीर अस्पतालको भवनमा अवस्थित फार्मेसीले घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताए पनि महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेको थियो ।
अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन् ।
