सेयर बजारमा नेप्से दोहोरो अङ्कले वृद्धि

काठमाडौंः नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ ।

आज नेप्से परिसूचक २१ दशमलव ३० अङ्कले उकालो लागेर एक हजार नौ सय ३४ दशमलव शून्य चार अङ्कमा उक्लेको हो ।

नेप्सेका अनुसार मङ्गलबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको हो ।

बैंकिङ १०.९१, व्यापार २७.५९, होटल तथा पर्यटन २९.९२, विकास बैंक ६०.०३, जलविद्युत् २०.७८, वित्त ३४.११, निर्जीवन बीमा ५८.७७, उत्पादन ९०.६५, अन्य १५.८२, लघुवित्त ५३.५८, जीवन बीमा ९६.२२, सामूहिक लगानी कोष ०.११ र लगानी ०.९५ अङ्कले उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *