आज नानीचायाका दिन उपप्रमुख डंगोल सहितका महिलाहरुले रथ ताने

काठमाडौं : इन्द्रजात्राको अन्तिम दिन अर्थात आश्विन चौथीका दिन(आठौं दिन) श्री कुमारीको रथलाई काठमाडौंको माथिल्लो भेगमा रहेको किलागल टोलबाट तानेर फेरि बसन्तपुरमै लगेपछि रथ तान्ने कार्य यस बर्षलाई विर्षजन भएको छ । आजको दिनलाई नानीचायाः भनिन्छ ।

आज दिन श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ महिलाहरूले मात्र तानेर प्याफल,यट्खा, नरदेवी,किलागल, भेडासिङ, इन्द्रचोक, मख्खन हुँदै हनुमानढोका मा पुर्याइएको छ ।


रथलाई हनुमानढोकामा पुर्याइसकेर जात्रा समाप्त गरिन्छ । जात्रा सकिएपछि कुमारीघरमा राष्ट्प्रमुख, नगर प्रमुख,उपप्रमुख लगाएतका सवारी भई श्री कुमारी, श्री गणेश र श्री भैरवको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम पनि सकिएको छ । आज रथ महिलाहरुले मात्र तान्ने प्रचलन केही बर्ष अघि देखि चलेको देखिन्छ । यस बर्ष पनि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा महिलाहरुले रथ तानेका थिए ।

आज करीब ७ बजेर ५३ मिनेट जाँदा हनुमानढोकामा यःसिं ढालयिो र यस बर्षको लागि विधिवत रुपमा इन्द्रजात्रा पर्व समाप्त भएको छ । उक्त यःसिलाई आजै टेकु दोभानसम्म तानेर ल्याई त्यहीं सेलाउने गरिन्छ ।