यू-२० एसियन कप छनोटमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं : यू-२० एसियन कप छनोटमा नेपाल र बंगलादेश आज आइतबार चौंथो तथा अन्तिम खेल खेल्दैछ ।

बहराइनमा जारी शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले चौंथो खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ । पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।