मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश भिड्दै आज
काठमाडौं, ११ असाेज । फिफा मैत्रीपूर्ण फुटबलमा मंगलबार नेपाल र बंगलादेश दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । खेल साझ साढे ५ बजे सुरु हुनेछ ।
एन्फाका अनुसार नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् भने कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् ।
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ । जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ भने नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।