सिभिल अस्पतालका डाक्टर सुस्मिता पाठक मृत फेला

काठमाडौं, २६ असाेज । सिभिल अस्पतालका डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत फेला परेकी छिन् ।

जनकपुर घर भई हाल काठमाडौंको सिभिल अस्पतालमा काम गर्ने पाठक मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ ।

प्रहरीले सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *