कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

काठमाडौँ, ९ मङ्सिर । आईजीपीमा पुनर्वाहलीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।

कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेपछि उहाँले सर्वोच्चको ढोका ढकढक्याउनु भएको थियो । यसअघि दुई पटकसम्म मुद्दाका पेसी तोकिएको थियो । ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो ।

कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै ७ मंसिरको सुनुवाइ ९ मंसिरलाई पेसीको मिति तोकेर सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *