नेप्से परिसूचक आठ दशमलव ६६ अङ्कले बढ्यो
काठमाडौँ, ९ मङ्सिर । नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६ अङ्कले बढेर दुई हजार ६४७ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०६ अङ्कले बढेर ४८४ दशमलव ४५ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५८ अङ्कले बढेर १८४ दशमलव ४८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५९ अङ्कले बढेर १६४ दशमलव ५४ मा पुगेको छ ।
