मकवानपुरमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
मकवानपुर, २७ असाेज । मकवानपुरकाे भीमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको छ ।
भीमफेदीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर सख्त घाइते बनाएका थिए ।
घाइतेकाे उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
