पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

एजेन्सी, १८ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।

खानको पार्टी तहरिक–ए–इन्साफ (पीटीआई)ले पछिल्लो केही समयदेखि देशका विभिन्न स्थानमा सरकारविरुद्ध आक्रामक रुपमा विरोध र्‍याली (लङ्ग मार्च) गरिरहेको थियाे ।

र्‍याली गरिरहेकै समयमा पूर्वप्रधानमन्त्री खानमाथि बिहीबार गोली चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घटनामा खानसहित ५ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खान सवार रहेको कन्टेनर नजिकैबाट गोली प्रहार भएको थियो।

घटना भएको स्थान पाकिस्तानको पञ्जाबको वजिरावाद क्षेत्रमा पर्छ। गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

प्रधानमन्त्रीबाट हटेपछि खानले निरन्तर रुपमा सरकार र सेनाको विरोध गरिरहेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *