ढोडकाे बैसाखी टेकेर चुनाव जितिन्न : अध्यक्ष केपी ओली

सुनसरी, २५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले ढोडकाे बैसाखी टेकेर चुनाव नजित्ने बताउनुभएकाे छ ।

सुनसरीको धरानमा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस र माओवादी लगायतका गठबन्धन दलहरूले ढोडकाे बैसाखी टेकेर चुनाव नजित्ने बताउनुभएकाे हाे ।

वहाँले भन्नुभयाे, ‘नेपाली कांग्रेससँग विचार छैन, संगठन छैन । ढोडका बैसाखी टेकेर हिँडेको छ । एक्लै लड्न गयो भने एमालेले सिध्याउछ भनेर गठवन्धन गरेकाे हाे । एमालेसँग लड्न सक्ने हैसियतको कुनै पार्टी नेपालमा नभएको भन्दै कांग्रेससँग विचार र संगठन सकिएको दावी गरे ।

अध्यक्ष ओलीले जोगी र मुसोको कथा सुनाउँदै भन्नुभयाे, ‘मैले प्रचण्डलाई भनेको थिएँ, दुई तिहाइ दिएको छु भन्दैमा त्यो दुई तिहाइको दुरुपयोग गरेर एमाले सिध्याउँछु भन्ने कुबुद्धि नपलाओस् है’।

वहाँले माधव नेपालको पार्टी गठबन्धनतिर लागेर रित्तिनैलागेको बताउनुहुँदै एमाले एक्लै भएको भनेर हल्ला चलाएकाेले जसपा र राप्रपालाई मिलाएको बताउनुभयाे ।