सिरहामा तीन भारतीय बालकको पोखरीमा डुबेर मृत्यु

सिरहा, २८ कात्तिक । सिरहामा पोखरीमा डुबेर ३ भारतीय बालकको मृत्यु भएकाे छ ।

मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा भट्टामा कार्यरत मजदुर भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार बेलुकी पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएकाे छ ।

इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेकाे अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकालेकाे थियाे । अली र नवीको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

अर्का बालक नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मिर्चैयाका प्रहरी प्रमुख डीएसपी हरि बहादुर वलीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *