कालापत्थरकाे उचाइमा नृत्य गरेर विश्व कीर्तिमान बनाए जेडी र छिरिङले
काठमाडाैं, २ मंसिर । सर्बोच्च शिखर सगरमाथाको काख कालापत्थरकाे उचाइमा नृत्य गरेर एक नृत्य जाेडीले विश्व कीर्तिमान कायम गरेका छन् ।
कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डांसिंग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लाे ठाउँमा नृत्य गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।
उनीहरूले बिहीबार सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर,पाँच हजार ६०० मिटर उचाइमा नृत्य गरेका हुन्।
यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने उनीहरू विश्वभरिबाटै पहिलो टोली हो। विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुति गरिएको थियो।
नृत्यलाई सरस्वती धिमालले कोरियोग्राफ गरेकी हुन् भने प्रेम पौडेलले छायांकन गरेका थिए।
नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ।